एमाले बर्दियाको अध्यक्ष शालिकराम अधिकारी विजयी



 

 

नेकपा एमाले बर्दियाको १० औं अधिवेशनबाट शालिकराम अधिकारी निर्वाचित भएका छन् । उनले प्रत्यासी लालबहादुर श्रेष्ठलाई १० मतले पराजित गरेका हुन् । अधिकारी निवर्तमान उपाध्यक्ष हुन् भने श्रेष्ठ निवर्तमान अध्यक्ष हुन् । यद्यपि यसलाई निर्वाचन समितिले घोषणा गरेको छैन । नयाँ नेतृत्वका लागि बुधबार बिहानै उम्मेदवारी दर्ताको सबै काम भएपनि बुधबार रातभर लगाएर मतदान भएको थियो । बिहान ६ बजे मात्र मतदान सकिएको हो । मंगलबार सुरू भएको १० औं अधिवेशनको बन्द सत्रपछि बुधबार बिहानै १० बजेभित्रै नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता भएको थियो । नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिकराम अधिकारीको नेतृत्वमा अलग–अलग प्यानल बनेर निर्वाचनमा गएका थिए। श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा कृष्णप्रसाद गौतम, सचिवमा नैनबहादुर खत्री उपसचिव लहानु थारू, मन्जु शर्माले उम्मेदवारी छन् भने अधिकारी प्यानलबाट उपाध्यक्षमा दुर्गाबहादुर वली, सचिवमा पदम ढकाल, उपसचिवमा जीवन शाही, संगीता थारु मैदानमा गएका हुन् । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए । अधिवेशनका लागि ३६४ जना प्रतिनिधि रहेकामा ३६० जनाले मतदान गरेका थिए। अधिवेशनबाट एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको