एमाले बर्दियाको अध्यक्ष शालिकराम अधिकारी विजयी



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले बर्दियाको १० औं अधिवेशनबाट शालिकराम अधिकारी निर्वाचित भएका छन् । उनले प्रत्यासी लालबहादुर श्रेष्ठलाई १० मतले पराजित गरेका हुन् । अधिकारी निवर्तमान उपाध्यक्ष हुन् भने श्रेष्ठ निवर्तमान अध्यक्ष हुन् । यद्यपि यसलाई निर्वाचन समितिले घोषणा गरेको छैन । नयाँ नेतृत्वका लागि बुधबार बिहानै उम्मेदवारी दर्ताको सबै काम भएपनि बुधबार रातभर लगाएर मतदान भएको थियो । बिहान ६ बजे मात्र मतदान सकिएको हो । मंगलबार सुरू भएको १० औं अधिवेशनको बन्द सत्रपछि बुधबार बिहानै १० बजेभित्रै नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता भएको थियो । नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिकराम अधिकारीको नेतृत्वमा अलग–अलग प्यानल बनेर निर्वाचनमा गएका थिए। श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा कृष्णप्रसाद गौतम, सचिवमा नैनबहादुर खत्री उपसचिव लहानु थारू, मन्जु शर्माले उम्मेदवारी छन् भने अधिकारी प्यानलबाट उपाध्यक्षमा दुर्गाबहादुर वली, सचिवमा पदम ढकाल, उपसचिवमा जीवन शाही, संगीता थारु मैदानमा गएका हुन् । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए । अधिवेशनका लागि ३६४ जना प्रतिनिधि रहेकामा ३६० जनाले मतदान गरेका थिए। अधिवेशनबाट एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...