नेकपा एसले पनि राष्ट्रियसभामा एमालेलाई मत दिने



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी उम्मेदवार विमला घिमिरेलाई मत दिने भएको छ । उपाध्यक्षका लागि १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा हुने मतदानमा नेकपा एसले पनि दिने भएको हो । गठबन्धनमा भएको सहमति अनुसार एमालेकी उम्मेदवार घिमिरेलाई मत दिने नेकपा एसकी उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले बताइन् । यसअघि उपाध्यक्षमा नेकपा एसले पनि दाबी गर्दै आएको थियो। एमालेकी उम्मेदवार घिमिरेसँग कांग्रेसबाट विष्णुदेवी पुडासैनीले प्रतिस्पर्धा गर्दैछिन् । ५९ सदस्यीय राष्ट्रिय सभामा जित्नको लागि ३० मत आवश्यक पर्छ । माओवादीका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...