राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय सभा उपाध्यक्षका लागि आज हुन लागेको निर्वाचनमा दुई जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने राष्ट्रिय सभा बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । आजको बैठकमा उपाध्यक्षको निर्वाचन हुनेछ । राष्ट्रिय सभा उपाध्यक्षका लागि नेकपा (एमाले)बाट सांसद विमला घिमिरेले उम्मेदवार दिनुभएको छ । घिमिरेलाई सत्ता गठबन्धनमा रहेका दलको समर्थन रहेको छ । यसैगरी, नेपाली कांग्रेसबाट सांसद विष्णुदेवी पुडासैनीले उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...