राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय सभा उपाध्यक्षका लागि आज हुन लागेको निर्वाचनमा दुई जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने राष्ट्रिय सभा बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । आजको बैठकमा उपाध्यक्षको निर्वाचन हुनेछ । राष्ट्रिय सभा उपाध्यक्षका लागि नेकपा (एमाले)बाट सांसद विमला घिमिरेले उम्मेदवार दिनुभएको छ । घिमिरेलाई सत्ता गठबन्धनमा रहेका दलको समर्थन रहेको छ । यसैगरी, नेपाली कांग्रेसबाट सांसद विष्णुदेवी पुडासैनीले उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...