सुहाङलाई जिताउन धरानमा अभियान



हाम्रो इकोनोमि

 

 

धरान सुनसरी इलाम सम्पर्क मञ्चले आयोजनामा इलामको उपनिर्वाचनमा नेकपा एमाले माओवादी केन्द्रका साझा उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन धरानबाट अभियान सुरु गरेको छ । मंगलबार धरान पार्टी कार्यालयमा वृहत कार्यक्रम गरि अभियान सुरु गरिएको जानकारी दिएको छ । इलाम घर भई धरान बस्दैं आउनु भएका मतदाताहरुलाई निर्वाचनका दिन इलाम लान र सुहाङको पक्षंमा मत हाल्न पार्टीले अभियान सुरु गरेको नगर अध्यक्ष हर्कराज एभेङले जानकारी दिनु भयो । कार्यक्रममा सुहाङ नेम्बाङको व्यक्तित्व, इलामको भुगोललगायतबारे नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा पर्यटन विभाग उपप्रमुख कृष्ण शाहले जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य सरला कायस्था, नेकपा एमाले जिल्ला सचिवालय सदस्य मीन सुब्बा, नारायण सुवेदीलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । धरानमा बसोवास गर्ने इलामका मतदाताहरुको उल्लेखीय सहभागीता रहेको इलाम घर भइ धरानमा व्यवसायी गदैं आउनु भएका नरेस मगरले जानकारी दिनु भयो । यहाँ भएका मतदाताहरुलाई पहिचान गरि उनीहरुसँग सम्बाद तथा सुहाङको विषयमा जानकारी गराउने र निर्वाचनमा उनीहरुलाई इलाम लैजान सहजिकरण गर्ने सम्मको अभियान तय भएको नेता शाहले जानकारी दिनु भयो ।
कार्यक्रम सुनसरी इलाम सम्पर्क मञ्चका अध्यक्ष सुरेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...