राजेन्द्र लिङ्देनले मागे गृहमन्त्रीको राजीनामा



हाम्रो इकोनोमि

 

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । आज पार्टीको जनप्रदर्शनमा प्रहरीमार्फत व्यापक दमन गरिएको भन्दै उनले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । प्रदर्शनकै क्रममा गरिएको कोणसभामा बोल्दै लिङ्देनले गृह प्रशासन र मन्त्रीको भत्र्सना गरेका थिए । उनले भने, ‘म गृहमन्त्री रवि लाछिानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौं । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौं । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ । प्रहरीको बल प्रयोगबाट आफ्ना थुप्रै नेता कार्यकर्ता घाइते भएको लिङ्देनले बताए । उनले कार्यकर्ताहरुलाई विचलित नभइ जुलुसमा अगाडि बढ्न आग्रह गरे । राप्रपाको जुलुस वानेश्वर पुगेर आमसभामा परिणत हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...