काठमाडौंमा राप्रपाको जनप्रदर्शन



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शन काठमाडौंमा सुरु भएको छ । गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौंमा जनप्रदर्शन थालेको हो । जनप्रदर्शनमा काठमाडौंका दर्जनौँ स्थानबाट जुलुस निस्कन थालेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार ललितपुर, भक्तपुर र आसपासका जिल्लाबाट र्‍याली सहितको सहभागिता रहनेछन् । प्रदर्शनका सहभागीहरू भृकुटीमण्डपमा भेला हुने, शहरका विभिन्न ठाउँ परिक्रमा गर्ने र सभा गर्ने कार्यसूची छ । सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् । राप्रपाले आज निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ । आफूहरूलाई रोक्न खोजे प्रतिवाद गर्ने चेतावनी यसअघि नै राप्रपा अध्यक्ष लिङ्देनले दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...