देउवाले भने: संसदीय छानबिन समिति गठन हुनैपर्छ



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनै पर्ने बताएका छन् । आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले लामिछानेविरुद्ध धेरै प्रमाण भएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् । रवि लामिछानेविरूद्ध यति धेरै प्रमाण छन् । लाखौं ठगिएका छन् । न्याय दिनुपर्छ, हामी लाग्नुपर्छ,’ उनले भने, ‘संसदीय छानबिन समिति बन्नै पर्छ । गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदमा प्रश्न गरिरहेको छ । कांग्रेसले संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने चेतावनी समेत दिएको छ । कांग्रेस र सत्ता गठबन्धनबीच यही विषयमा सहमति नहुँदा आजको प्रतिनिधि सभा बैठक अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...