राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एसको दावी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एसले दावी नछाडेपछि तीन कम्युनिस्ट पार्टीका नेताहरुबीच सहमतिको प्रयास जारी छ । आजै उपाध्यक्ष पदमा मनोनयन गर्ने कार्यतालिका छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । यसअघि सत्ता गठबन्धन फेर्ने बेला नेकपा एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर गठबन्धनमा नेकपा एस थपिएपछि सो बुँदा तत्कालका लागि हटाइएको थियो । राष्ट्रिय सभामा रास्वपाको भने प्रतिनिधित्व छैन । नेकपा एसले राष्ट्रिय सभा उपाध्यक्ष आफूले पाउनुपर्ने दावी छाडेको छैन । एमालेले विमला घिमिरेलाई उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेका एक नेताले भने– ‘माधव नेपालको असन्तुष्टिले सीमा नाघिसक्यो । अनुहार पनि कहिल्यै उज्यालो छैन । यो चाहियो,त्यो चाहियो भन्नेबाहेक अरु कुनै कुरा छैन । हैसियत १० सीटको छ तर माग राख्ने चाहिँ एमालेकै अध्यक्ष हुँ जसरी प्रस्तुत हुन्छन् । निहुँ खोज्नेबाहेक केही देखिएन । राष्ट्रिय सभा उपाध्यक्षका लागि धेरै मरिहत्ते नगर्ने सोच हाम्रो नेतृत्वमा देखिन्छ । राष्ट्रिय सभामा नेकपा एसका ८ सांसद छन् । माओवादी केन्द्रका १७ र नेकपा एमालेका वामदेव गौतमबाहेक ९ तथा जसपाका ४ सांसद छन् । ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...