राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एसको दावी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एसले दावी नछाडेपछि तीन कम्युनिस्ट पार्टीका नेताहरुबीच सहमतिको प्रयास जारी छ । आजै उपाध्यक्ष पदमा मनोनयन गर्ने कार्यतालिका छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । यसअघि सत्ता गठबन्धन फेर्ने बेला नेकपा एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर गठबन्धनमा नेकपा एस थपिएपछि सो बुँदा तत्कालका लागि हटाइएको थियो । राष्ट्रिय सभामा रास्वपाको भने प्रतिनिधित्व छैन । नेकपा एसले राष्ट्रिय सभा उपाध्यक्ष आफूले पाउनुपर्ने दावी छाडेको छैन । एमालेले विमला घिमिरेलाई उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेका एक नेताले भने– ‘माधव नेपालको असन्तुष्टिले सीमा नाघिसक्यो । अनुहार पनि कहिल्यै उज्यालो छैन । यो चाहियो,त्यो चाहियो भन्नेबाहेक अरु कुनै कुरा छैन । हैसियत १० सीटको छ तर माग राख्ने चाहिँ एमालेकै अध्यक्ष हुँ जसरी प्रस्तुत हुन्छन् । निहुँ खोज्नेबाहेक केही देखिएन । राष्ट्रिय सभा उपाध्यक्षका लागि धेरै मरिहत्ते नगर्ने सोच हाम्रो नेतृत्वमा देखिन्छ । राष्ट्रिय सभामा नेकपा एसका ८ सांसद छन् । माओवादी केन्द्रका १७ र नेकपा एमालेका वामदेव गौतमबाहेक ९ तथा जसपाका ४ सांसद छन् । ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छन् ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...