गण्डकी प्रदेशमा नयाँ लफडा सुरु



 

 

नेपाली कांग्रेस गण्डकी प्रदेश गठबन्धनले पेस गरेको दाबी गर्न असंवैधानिक रहेको प्रतिक्रिया दिएको छ ।गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङ (दीपक मनाङ) को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए । सभामुख कृष्ण धिताललाई पनि माओवादी संसदीय दलकै सदस्यका हैसियतमा गठबन्धनले दाबी पेस गरेको थियो ।गठबन्धनले दाबी पेश गरेपछि गण्डकी कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले पेस गरेको दाबी जालझेलपूर्ण रहेको बताए । यसअघि कोशीमा सभामुखलाई समेत सत्ता निर्माणमा प्रयोग गरिएको भन्दै सर्वोच्चमा परेको रिटको फैसलामा पनि सभामुखलाई समावेश गर्न नपाइने नजिर बसालेको पाण्डेले सुनाए । उनले ३१ जनाकै सनाखत हुनुपर्ने माग राखे । पाण्डेले सभामुखले पदबाट नहटीकन समर्थन गर्न पाइँदैन भनेर सर्वोच्च अदालतको मर्म रहेको बताए । बहुमत सदस्यको हस्ताक्षरसहित बुझाउनुपर्ने र बहुमत पुर्‍याउन नसक्ने भएकै कारण दलका तर्फबाट पेश गरिएको पाण्डेको भनाइ छ । दलका तर्फबाट पेश गर्दा सनाखत आवश्यक नहुने एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले बताए । उनले सभामुख पनि संसदीय दलकै सदस्य रहेको जिकिर गरे । गण्डकी कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुखसमक्ष सभामुखसहितको हस्ताक्षरबाट मुख्यमन्त्रीमा गैरसंवैधानिक दाबी गरेको भन्दै खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न निवेदन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख