गण्डकी प्रदेशमा नयाँ लफडा सुरु



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस गण्डकी प्रदेश गठबन्धनले पेस गरेको दाबी गर्न असंवैधानिक रहेको प्रतिक्रिया दिएको छ ।गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङ (दीपक मनाङ) को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए । सभामुख कृष्ण धिताललाई पनि माओवादी संसदीय दलकै सदस्यका हैसियतमा गठबन्धनले दाबी पेस गरेको थियो ।गठबन्धनले दाबी पेश गरेपछि गण्डकी कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले पेस गरेको दाबी जालझेलपूर्ण रहेको बताए । यसअघि कोशीमा सभामुखलाई समेत सत्ता निर्माणमा प्रयोग गरिएको भन्दै सर्वोच्चमा परेको रिटको फैसलामा पनि सभामुखलाई समावेश गर्न नपाइने नजिर बसालेको पाण्डेले सुनाए । उनले ३१ जनाकै सनाखत हुनुपर्ने माग राखे । पाण्डेले सभामुखले पदबाट नहटीकन समर्थन गर्न पाइँदैन भनेर सर्वोच्च अदालतको मर्म रहेको बताए । बहुमत सदस्यको हस्ताक्षरसहित बुझाउनुपर्ने र बहुमत पुर्‍याउन नसक्ने भएकै कारण दलका तर्फबाट पेश गरिएको पाण्डेको भनाइ छ । दलका तर्फबाट पेश गर्दा सनाखत आवश्यक नहुने एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले बताए । उनले सभामुख पनि संसदीय दलकै सदस्य रहेको जिकिर गरे । गण्डकी कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुखसमक्ष सभामुखसहितको हस्ताक्षरबाट मुख्यमन्त्रीमा गैरसंवैधानिक दाबी गरेको भन्दै खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न निवेदन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...