सरकारविरुद्ध नेविसंघको प्रदर्शन



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ । बिहान कार्यालय समय सुरु हुनासाथ गरिएको प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेथिति, भ्रष्टाचार र अनियमितता विरुद्ध प्रदर्शन गरिएको नेविसंघ कार्यकर्ताहरुले जनाएका छन् । यसअघि चैत ५ गते पशुपति क्याम्पस चाबहिलका नेता–कार्यकर्ताहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै उनको पुत्ला जलाएका थिए । त्यसको भोलिपल्ट सिंहदरबार दक्षिण गेट अगाडि उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त गरिएको विरोधमा नेविसंघले प्रदर्शन गर्दै आएको छ । नेपाली कांग्रेसले लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै संसदमा आवाज उठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...