सरकारविरुद्ध नेविसंघको प्रदर्शन



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ । बिहान कार्यालय समय सुरु हुनासाथ गरिएको प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेथिति, भ्रष्टाचार र अनियमितता विरुद्ध प्रदर्शन गरिएको नेविसंघ कार्यकर्ताहरुले जनाएका छन् । यसअघि चैत ५ गते पशुपति क्याम्पस चाबहिलका नेता–कार्यकर्ताहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै उनको पुत्ला जलाएका थिए । त्यसको भोलिपल्ट सिंहदरबार दक्षिण गेट अगाडि उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त गरिएको विरोधमा नेविसंघले प्रदर्शन गर्दै आएको छ । नेपाली कांग्रेसले लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै संसदमा आवाज उठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...