सुहाङलाई माधव नेपालले पनि सघाउने तयारी



हाम्रो इकोनोमि

 

 

वैशाख १५ गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध चार दलले आफ्नै उम्मेदवार तय गरेको छ । तर, सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले भने इलाम २ मा एमालेका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । एमालेले इलाम २ मा सुवास नेम्बाङका छोरा सुहाङलाई अघि सारेको छ । सुहाङ अहिले प्रचार प्रसार तीव्र पारेका छन् । गठबन्धनमा आबद्ध दलहरूले साझा उम्मेदवार बनाएर जाने प्रयास गरे पनि सफल भएन । एमालेलाई इलाममा सहयोग गरेपछि माओवादीले बझाङको प्रदेशसभा आफूले पाउनुपर्ने शर्त राखेको थियो । तर, अहिलेसम्म त्यो सहमति नभएपछि इलाममा सुहाङलाई सहयोग गर्न माओवादी तयार भइसकेको छ । त्यसो त माधव नेपालले उम्मेदवार चयन गर्नुअघि ओली र प्रचण्डसँगको भेटमा बझाङ आफूहरूलाई दिए मात्रै एमालेलाई इलाममा सहयोग गर्न सक्ने सुनाएका थिए । तर, एमालेले बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको भएकाले ब्याक हुन नसक्ने ओलीको जवाफ थियो । गठबन्धनमा आबद्ध एमाले र माओवादीबीच इलाममा सहकार्य हुने भए पनि बझाङ प्रतिस्पर्धा हुने सम्भावना छ । इलाममा फिर्ता भए पनि बझाङमा सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई माओवादीले उम्मेदवार बनाएको छ । यद्यपि, भोलि उम्मेदवारी दर्ताको समयसम्म त्यो फेरिन सक्ने नेताहरू बताउँछन् । तर, नेकपा एकीकृत समाजवादीले भने यो निर्वाचनमा एक्लै लड्ने तयारी गरेको सचिव जीवनराम श्रेष्ठले बताए । उनले भने( अहिले हामीले दुवैतिर उम्मेदवारी दिने भनेर उम्मेदवार तय गरिसकेका छौँ । उहाँहरू निर्वाचनको तयारीमा खटिसक्नुभएको छ । आफ्नो हिसाबले जाने भनिसकेका छौँ । फिर्ता हुँदैन । इलाममा एमालेलाई सहयोग गर्ने भन्ने विषयमा अहिलेसम्म पार्टीमा छलफल नभएको उनको भनाइ छ। नेकपा एसले इलाम २ मा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । तर, नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको उम्मेदवारलाई सहयोग गर्ने विषयमा गठबन्धनमा आबद्ध दलहरूसँग छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...