५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स
आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका राजेशपायल राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् । यसै साता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेको निकट स्रोतले जानकारी दियो । सम्बन्धविच्छेदको मुद्दा राजेशपायलले हालेका थिए । सम्बन्ध तोड्न साङबुङले उच्च डिमान्ड गरेकी थिइन् । अन्ततः राजेशपायलले उनको मागहरू पूरा गरिदिएका छन् । जसअनुसार नक्सालमा रहेको राजेशपायलको घर साङबुङले पाएकी छन् । साढे तीन तलाको यो घरको मूल्य करिब ५ करोड पर्ने दाबी गरिएको छ । उक्त घरमा रहेका सबै चिजवस्तुहरू साङबुङकै स्वामित्वमा हुनेछन् । यसैगरी राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन् । साथै, थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धता राजेशपायलले जनाएका छन् । यस्तै काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि साङबुङको भागमा परेको छ ।