इलाम २ मा माओवादीले एमालेलाई सघाउने



हाम्रो इकोनोमि

 

 

इलाम २ को आसन्न उपचुनावमा नेकपा माओवादी केन्द्रले उम्मेदवार नउठाउने भएको छ । माओवादीले सत्ता गठबन्धनको प्रमुख घटक एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नै समर्थन गर्ने शीर्ष तहमा सहमति बनेको हो । माओवादीले यहाँबाट धीरेन्द्र शर्मा ‘रमण’ को एकल नाम सिफारिस गरेको थियो । तर, पार्टीले टुंग्याइसेको थिएन । धीरेन्द्रले भने एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एमाले उम्मेदवारलाई समर्थन गर्ने सहमति भएकाले सुहाङलाई सहयोग गरेर जान निर्देशन आएको बताए । उनले भने,‘हिजोसम्म म माओवादी केन्द्रका तर्फबाट उम्मेदवार थिएँ, अब हाम्रो उम्मेदवार सुहाङ हो । गठबन्धन भएका हिसाबले हामी उहाँलाई जिताउन लाग्नेछौं । उनले थपे, ‘केन्द्रमा सहमति भएसँगै हिजै निर्देशन आएको छ । हामीले सबै कमिटीमा यो निर्देशन सर्कुलर गरिसकेका छौं । पार्टीको निर्देशनअनुसार गठबन्धनको उम्मेदवार जिताउन सबै कमिटी र कार्यकर्ता परिचालित हुने छन् । माओवादीले बझाङको प्रदेशसभामा आफूलाई छाड्नुपर्ने शर्तसहित इलाममा सुहाङलाई समर्थन गर्न तयार भएको बताउँदै आएको थियो । बझाङको सन्दर्भमा सहमति भयोरभएन बाहिर आइसकेको छैन । यहाँ नेपाली कांग्रेसको उम्मेदवार टुंगिन बाँकी छ । कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम( २ मा मुख्य प्रत्यासी छन् । शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेको छ । तर, सभापति शेरबहादुर देउवा सहमत छैनन् । उम्मेदवार छान्न बसेको यसअघिका २ वटा बैठक अनिर्णित बनेको छ । आज पुनस् कांग्रेसले बैठक बोलाएको छ । रास्वपाले मिलन लिम्बूलाई अघि सारेको छ भने पहिचान पक्षधरको तर्फबाट डाकेन्द्रसिंह थेगिम मैदानमा छन् । राप्रपाबाट लक्ष्मी गुरुङ र नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राई उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...