सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा एसलाई दिने सहमति



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको नेतृत्व पाउने सहमति भएको छ । बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भएको छलफलमा सहमति जुटेको हो । नेकपा एसले एक प्रदेशको नेतृत्व, अन्य प्रदेशमा सहमतिअनुसार आलोपालोसहित सबै प्रदेशमा सम्मानजनक सहभागीता हुनुपर्ने अडान राखेको थियो । बालुवाटारमा तीन नेताहरुबीच अब आफूहरुले सुदुरपश्मि प्रदेश सरकारको नेतृत्व पाउने सहमति भएको एक नेताले बताए । ती नेताले भने– अहिले हामीले सुदुरपश्चिमको नेतृत्व पाउने लगभग सहमति भएको छ। अब अन्यमा पनि आलोपालो हुन्छन् । सबै सरकारमा हाम्रो सहभागीता रहन्छ । सुदुरपश्चिममा अहिले कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् । उनलाई समर्थन गर्ने बिषयमा नागरिक उन्मुक्ति पार्टी विभाजित बनेको छ । त्यहाँ नयाँ समीकरण अनुसार सरकार बनाउने नाउपाले पनि मुख्यमन्त्रीकै शर्त राखिरहेको छ । आलोपालो मुख्यमन्त्री पाउने भएपछि मात्रै नेकपा एसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिन तयार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...