रेशम चौधरीले नेताहरुलाई दिए ज्यान मार्ने धम्की



हाम्रो इकोनोमि

 

 

नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् । सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संस्थापक केन्द्रीय समितिको बैठकमा पार्टीका अध्‍यक्ष रञ्जिता चौधरी पक्षका नेताहरूलाई रेशम चौधरीले ज्यान मार्ने धम्की दिएका नाउपाका नेता रमेश बिकले बताए । सोमबारको बैठकमा सुदूरपश्चिम सरकारबाट बाहिरिने लगायतका विषयमा छलफल भएको थियो । केन्द्रीय सदस्यहरुले बैठकमा धारणा राखिरहेका थिए । त्यतिबेलै रेशम चौधरीले सदूरपश्चिममा अहिलेको सरकार ढलेमा ज्यान मार्ने धम्की दिएका हुन् ,‘हामीले धारणा राख्‍ने क्रममा विवाद भयो । रेशम चौधरीज्‍यूले धम्कीपूर्ण भाषामा सुदूरपश्चिममा कमल शाहको सरकार टिकेन भने तिमीहरूको हत्या हुन सक्छ भनेर तर्साउनुभयो’, उनले भने । सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् र उनले नागरिक उन्मुक्ति पार्टीको समर्थन लिन ५ जनालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । तर गत हप्ता कैलालीमा बसेको नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिम सरकारबाट बाहिरिने निर्णय गरेको थियो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सुदूरपश्चिम सरकारबाट बाहिरिने पक्षमा छिन् भने पार्टीका परिकल्पनाकार रेशम चौधरी बाहिरिन नहुने पक्षका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...