प्रदेशको नामकरण पहिचानको विषय होइन : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका छन् । उनले जात र थरलाई पहिचान बनाउन नहुनेमा जोड दिए । इलाम २ मा पार्टीले जित हासिल गरेपछि आयोजित विजय सभामा भाषणमा उनले पहिचानको विषयमा खुलेर बोलेका हुन् । ओलीले भने, ‘पहिचान भनेको के हो ? केलाई पहिचान भन्ने ? हामी सबै नेपाली हौं । त्यही पहिचान हो । धनी भए धनी नेपाली । गरिब भए दुनियाँले हेप्ने गरिब नेपाली । पढ्न पायौं भने विद्वान नेपाली, पाएनौं भने बुद्धु नेपाली । कस्तो पहिचान ? व्यक्तिगत पहिचान बनाउन खोज्यौं भने कोही सफल हुन सक्दैन । समृद्ध नेपाल सुखी नेपाली भनेपछि त्यही हो पहिचान । नेपाली जनता सुखी हुनुपर्छ । प्रदेशको नाम पहिचानको कुरा होइन । पहिचान भनेको नामको कुरा होइन । जाति विशेषको, थर विशेषको कुरा होइन । पहिले पनि जसरी बाँडिएका थिए, मेची, कोशी अञ्चल थिए । तसर्थ यो धेरै ठूलो कुरा होइन । यो विषयलाई संवेदनशील बनाउनुपर्ने केही छैन । साझा नाम राख्दा केही बिग्रिँदैन । हामी सयौं थुंगा फुलका एउटै माला हौं । इलाममा पनि सूर्य चिन्हले जित्यो, त्यही हो पहिचान ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...