कसैको हक खोसिएको भए मेरो ल फर्ममा आउनुस् : सुहाङ



 

 

नेकपा एमालेका युवा नेता तथा इलाम २ का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पहिचानवादी राजनीतिका नाममा समाजमा अपवाह फैलाउने काम नगर्न आह्वान गरेका छन् । इलाममा आयोजित विजय सभामार्फत मतदातालाई धन्यवाद दिँदै सांसद नेम्वाङले पहिचानको राजनीतिबारे स्वर्गीय बुवा सुवास नेम्वाङकै शैलीमा आफ्नो धारणा राखेका हुन् । अध्यक्ष केपी शर्मा ओलीभन्दा अगाडिको वक्ताका रूपमा उभिएका सुहाङले पहिचानको नाममा भ्रामक अफवाह फैलाउन नहुने भन्दै सबै मिलेको इन्द्रेणी समाजको व्याख्या गरे । उनले भने, ‘एउटा छुटाउन नहुने कुरा मैले इन्द्रेणी समाजको कुरा गर्दै आएको छु । यो सबै जाति समुदाय मिलेर बसेको समाजमा इन्द्रेणीको सातवटा रंग कति राम्रो सुन्दर देखिन्छ । त्यस्तै हामी पनि आज यहाँ सबै जातजातिको अभिभावक, मित्रहरू छौं सबै मिलेर एक अर्कालाई साथ दिन उभिएका छौं । विकास निर्माणको अभियानमा हामी एकजुट भएर अघि बढेको देख्छ एकदमै खुसी लागेको छ । त्यसैले अग्रज अभिभावक र मेरा मित्रहरूमा म आग्रह गर्न भ्रामक अफवाहमा नलागौं । कुनै विषयमा मत भिन्नता छ भने संवादबाट हल हुन्छ । यदि कसैको हक अधिकाार खोसिएको छ भने म मेरो ल फर्मबाट निःशुल्क मुद्दा लडिदिन्छु ।‘ नेम्वाङले एमाले आफू हरेक मतको सम्मान गर्दै अघि बढ्ने र आउने २०८४ को निर्वाचनमा घर(घर जानु नपर्नेगरी राम्रो काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्