कसैको हक खोसिएको भए मेरो ल फर्ममा आउनुस् : सुहाङ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका युवा नेता तथा इलाम २ का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पहिचानवादी राजनीतिका नाममा समाजमा अपवाह फैलाउने काम नगर्न आह्वान गरेका छन् । इलाममा आयोजित विजय सभामार्फत मतदातालाई धन्यवाद दिँदै सांसद नेम्वाङले पहिचानको राजनीतिबारे स्वर्गीय बुवा सुवास नेम्वाङकै शैलीमा आफ्नो धारणा राखेका हुन् । अध्यक्ष केपी शर्मा ओलीभन्दा अगाडिको वक्ताका रूपमा उभिएका सुहाङले पहिचानको नाममा भ्रामक अफवाह फैलाउन नहुने भन्दै सबै मिलेको इन्द्रेणी समाजको व्याख्या गरे । उनले भने, ‘एउटा छुटाउन नहुने कुरा मैले इन्द्रेणी समाजको कुरा गर्दै आएको छु । यो सबै जाति समुदाय मिलेर बसेको समाजमा इन्द्रेणीको सातवटा रंग कति राम्रो सुन्दर देखिन्छ । त्यस्तै हामी पनि आज यहाँ सबै जातजातिको अभिभावक, मित्रहरू छौं सबै मिलेर एक अर्कालाई साथ दिन उभिएका छौं । विकास निर्माणको अभियानमा हामी एकजुट भएर अघि बढेको देख्छ एकदमै खुसी लागेको छ । त्यसैले अग्रज अभिभावक र मेरा मित्रहरूमा म आग्रह गर्न भ्रामक अफवाहमा नलागौं । कुनै विषयमा मत भिन्नता छ भने संवादबाट हल हुन्छ । यदि कसैको हक अधिकाार खोसिएको छ भने म मेरो ल फर्मबाट निःशुल्क मुद्दा लडिदिन्छु ।‘ नेम्वाङले एमाले आफू हरेक मतको सम्मान गर्दै अघि बढ्ने र आउने २०८४ को निर्वाचनमा घर(घर जानु नपर्नेगरी राम्रो काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...