सुहाङको विजय र्‍यालीमा सहभागी हुन अध्यक्ष ओली इलाम जाँदै



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाँदै हुनुहुन्छ । इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभागी हुने ओली इलाम जाने हुनुभएको हो । अध्यक्ष ओली आज दिउँसो १ बजे इलाम पुग्ने उहाँको सचिवालयले जनाएको छ । पार्टीको उम्मेदवार बनेका सुहाङको चुनावी सभामा समेत पटक–पटक सहभागी हुनुभएको थियो । आज बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै एमालेका सुहाङ विजयी हुनुभएको छ । यसैबीच ओलीले सुहाङलाई बधाई दिँदै आफ्नो पार्टीले युवाहरूलाई अझ अगाडि बढाउँदै जाने प्रतिवद्धता जनाउनुभएको छ । अध्यक्ष ओलीले खुसी हुँदै इलामेली मतदातालाई सुहाङलाई विजयी गराएको भन्दै धन्यवाद पनि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...