नेकपा एसका जीतबहादुरको पनि जमानत जफत, ४०८ भोटमात्र ल्याए



हाम्रो इकोनोमि

 

 

 

 इलाममा नेकपा एसका उम्मेदवार जीतबहादुर राईले पनि जमानत जोगाउन सकेनन् । प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ । राईले ४०८ भोटमात्र ल्याए । इलाम नेकपा एसका सम्मानित नेता झलनाथ खनालको गृहजिल्ला हो । यहाँ पार्टीबाट उनै खनाल चुनावी कमाण्डर खटिएका थिए । १९ जना प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा १६ जनाको धरौटी जफत भएको छ । रास्वपाका मिलन लिम्बू पनि जमानत जफतको सूचीमा छन् । यहाँबाट २७ हजार ७७२ भोट ल्याएर नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...