इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी



हाम्रो इकोनोमि

 

 

इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् । सुहाङले २७ हजार ७७२ भोट प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिए । आज बिहान ११ बजे मतगणस्थलमा सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र वितरणको कार्यक्रम राखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको कान्छा छोरासमेत रहेका सुहाङले शानदार मतका साथ विजयी हुँदै बुवाको विरासत कायम राखेका छन् । पहिचानवादी उम्मेदवार डकिन्द्र थेगिम ११ हजार ४५७ भोट ल्याएर तेस्रो हुँदा चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० भोट प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...