सुहाङ नेम्वाङले अझै मतान्तर बढाए



 

 

 इलाम २ को जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । १४ हजार ६१३ भोट ल्याएर सुहाङ नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ५ हजार ३०२ मतले लिड गरिरहेका छन् । खड्का ९ हजार ३११ भोटका साथ पछ्याइरहेका छन् । देउमाई नगरपालिका १ र २ गनिसक्दा एमालेको मतान्तर अझ फराकिलो भएको हो । देउमाई १ मा सुहाङले ८३१ मत र २ मा भने ७१३ मत पाए । डम्बरले १ र २ मा क्रमश: ५२८ र ३९७ भोट ल्याए । देउमाईमा गएको स्थानीय तहको निर्वाचनमा एमालेले मेयर-उपमेयर नै जितेको थियो । तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकिन्द्रको ८ हजार ५७० मत छ । रास्वपाका मिलन लिम्बू २ हजार ५७ भोटका साथ चौथो स्थानमा छन् । अहिलेसम्म ३६ हजार ५३ भोट गनिएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक