सुहाङ नेम्वाङले अझै मतान्तर बढाए



हाम्रो इकोनोमि

 

 

 इलाम २ को जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । १४ हजार ६१३ भोट ल्याएर सुहाङ नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ५ हजार ३०२ मतले लिड गरिरहेका छन् । खड्का ९ हजार ३११ भोटका साथ पछ्याइरहेका छन् । देउमाई नगरपालिका १ र २ गनिसक्दा एमालेको मतान्तर अझ फराकिलो भएको हो । देउमाई १ मा सुहाङले ८३१ मत र २ मा भने ७१३ मत पाए । डम्बरले १ र २ मा क्रमश: ५२८ र ३९७ भोट ल्याए । देउमाईमा गएको स्थानीय तहको निर्वाचनमा एमालेले मेयर-उपमेयर नै जितेको थियो । तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकिन्द्रको ८ हजार ५७० मत छ । रास्वपाका मिलन लिम्बू २ हजार ५७ भोटका साथ चौथो स्थानमा छन् । अहिलेसम्म ३६ हजार ५३ भोट गनिएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...