बझाङमा एमालेका उम्मेदवारलाई ३४२ मतको अग्रता



 

 

 बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । गणना अन्तिम चरणमा पुग्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । अब साइपाल गाउँपालिकाको १११४ मत गणना गर्न बाँकी हुँदा भण्डारीले ३४२ मतले अग्रता लिइरहेका छन् । निर्वाचन आयोगका अनुसार भण्डारीले ११,१०३ मतसहित अग्रता लिइरहँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०,७६१ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५१० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्