मिलनकै वडामा सुहाङले पाए सर्वाधिक मत, घण्टीमा ९६ मात्र



हाम्रो इकोनोमि

 

 

इलाम क्षेत्र नम्बर २ मा रास्वपाले जित्ने अपेक्षासहित उम्मेदवार बनाएका युवा मिलन योङहाङ लिम्बूले अपेक्षित मत प्राप्त गर्न नसकिरहेका बेला आफ्नै वडामा पनि कमजोर देखिएका छन् । मिलनले माङसेबुङबाट राम्रो मत जम्मा हुने अपेक्षा गरेका थिए । तर, उनकै वडामा सय मत कटाउन सकेनन् । उनी माङसेबुङ गाउँपालिका वडा नम्बर २ का मतदाता समेत हुन् । सो वडाको अन्तिम गणनामा मिलनले ९६ मतमात्र प्राप्त गरेका छन् । माङ्सेबुङ २ मा पनि एमालेका सुहाङ नेम्वाङले नै सर्वाधिक ५८६ मत पाएका छन् । दोस्रोमा कांग्रेसका डम्बर खड्काको ३५१ र पहिचानवादी डकेन्द्र थेगिमको ३१७ मत आएको थियो ।मिलनकै वडामा सुहाङले २३५ मतले कांग्रेसलाई लिड गरे । माङसेबुङबाट पहिचानवादी मुढाले अग्रता लिने अपेक्षा समेत मेल खाएन । अहिलेसम्म गणना भएका फाकफोकथुम, चुलाचुली र माङसेबुङ तीनवटै गाउँपालिकामा एमालेले अग्रता लिएको छ । फाकफोकथुम थेगिमको गाउँपालिका भए पनि उनले एमालेलाई उछिन्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...