पहिचानवादी र कांग्रेसको किल्लामा एमालेको फराकिलाे अग्रता



 

 

इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा निर्वाचनका लागि भएको उपनिर्वाचनका ११ वटा वडाको मत गणना हुँदा एमालेका उम्मेदवारले २ हजार २८२ को फराकीलाे मतान्तर बनाएका छन् । इलामको फाकफोक थुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाँउपालिाकाको १ ,२,३ र ४ नम्बर वडाको मत गनिसक्दा एमालेको मतान्तर बढ्दै गएको हो । १० वटा वडाको मत गन्दा एमाले र काँग्रेसका बिचमा १६सय ८० को मात्रै मतान्तर रहेको थियो । वडा नम्बर ४ को मत गनिसक्दा एमालेका उम्मेदवार सहाङ नेम्वाङले ७६७७ मत पाएका छन् । उनलाई पच्छ्याइरहेका कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५३९५ मत पाएका छन् । यस्तै पहिचानवादीको गढको रूपमा प्रचार गरिएको चुलाचुलीमा भने पहिचान पक्षधरका उम्मेदवार डकेन्द्र सिंह थेगिमले सन्तोष जनक मत ल्याएका छन् । उनले ४हजार ५८ मत बनाएका छन् । चुलाचुलीमा मतगणना हुँदा रास्वपाको भने मत बढ्न सकेको छैन । रास्वपाका उम्मेदवार ११६२ मत मात्रै प्राप्त गरेका छन् । चुलाचुलीमा एमालेले स्थानीय तहको निर्वाचनमा एउटा पनि वडा जितेको छैन । ६ वटा वडा रहेको चुलाचुलीमा कांग्रेुसले ५ वटा वडाको वडाध्यक्ष जितेको छ । एउटामा भने सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले वडाध्यक्ष जितेको छ ।

हेर्नुस् कसकाे मत कति ?

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्