पहिचानवादी र कांग्रेसको किल्लामा एमालेको फराकिलाे अग्रता



हाम्रो इकोनोमि

 

 

इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा निर्वाचनका लागि भएको उपनिर्वाचनका ११ वटा वडाको मत गणना हुँदा एमालेका उम्मेदवारले २ हजार २८२ को फराकीलाे मतान्तर बनाएका छन् । इलामको फाकफोक थुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाँउपालिाकाको १ ,२,३ र ४ नम्बर वडाको मत गनिसक्दा एमालेको मतान्तर बढ्दै गएको हो । १० वटा वडाको मत गन्दा एमाले र काँग्रेसका बिचमा १६सय ८० को मात्रै मतान्तर रहेको थियो । वडा नम्बर ४ को मत गनिसक्दा एमालेका उम्मेदवार सहाङ नेम्वाङले ७६७७ मत पाएका छन् । उनलाई पच्छ्याइरहेका कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५३९५ मत पाएका छन् । यस्तै पहिचानवादीको गढको रूपमा प्रचार गरिएको चुलाचुलीमा भने पहिचान पक्षधरका उम्मेदवार डकेन्द्र सिंह थेगिमले सन्तोष जनक मत ल्याएका छन् । उनले ४हजार ५८ मत बनाएका छन् । चुलाचुलीमा मतगणना हुँदा रास्वपाको भने मत बढ्न सकेको छैन । रास्वपाका उम्मेदवार ११६२ मत मात्रै प्राप्त गरेका छन् । चुलाचुलीमा एमालेले स्थानीय तहको निर्वाचनमा एउटा पनि वडा जितेको छैन । ६ वटा वडा रहेको चुलाचुलीमा कांग्रेुसले ५ वटा वडाको वडाध्यक्ष जितेको छ । एउटामा भने सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले वडाध्यक्ष जितेको छ ।

हेर्नुस् कसकाे मत कति ?

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...