नेकपा एसका उम्मेदवार जीतबहादुरलाई शून्य मत



हाम्रो इकोनोमि

 

 

नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चुनावी कमाण्डर बनेको इलाम २ को प्रारम्भिक मतगणनामा नेकपा एसका उम्मेदवारले शून्य मत पाएका छन् । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा नेकपा एसका उम्मेदवार जीतबहादुर राईले एक मत पनि पाएनन् । जबकी कुनै संगठन र कार्यकर्तासमेत नभएको नेपाल मजदुर किसान पार्टीले पनि सो वडाबाट एक मत पाएको छ । यो वडामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले वडाध्यक्ष जितेको थियो । वडा नम्बर १ मा कांग्रेसका कर्णवहादुर लिम्बूले ८०४ मत पाएर जित्दा एमालेका बेगवहादुर निरौलाले ४७७ मत पाएका थिए । त्यसबेला नेकपा एसले कांग्रेसलाई सघाएको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...