चितवनका एकीकृत विकासको लागि एमाले चितवनले बनायो समृद्धि गुरुयोजना कार्यदल



 

 

नेकपा एमाले चितवनले जिल्लामा एकीकृत विकासको आवश्यकता पहिचान गरि चितवनलाई समृद्ध बनाउने योजना निर्माणको लागि एक कार्यदल गठन गरेको छ । जिल्लामा भएका सात स्थानीय तहमध्ये सबैले फरक फरक कार्ययोजनासहित अघि बढ्दा समग्र जिल्लाको विकास योजना एकीकृत रुपले अघि बढ्न नसक्ने निक्र्यौल गर्दै पार्टीको १५ औँ जिल्ला कमिटी बैठकले कार्यदल बनाउने निर्णय गरेको हो । अहिले चितवनको भरतपुर महानगरमा घुमौँ भरतपुर २०२४ चलिरहेको छ । यस्ता पर्यटकीय, विकासका गतिविधिले अरु स्थानीय तहलाई पनि जोडेर अघि बढाउन सक्नुपर्छ, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले भने, — समग्र जिल्लाको आर्थिक, सामाजिक, भौतिक लगायत विकासको लागि नेकपा एमालेले तथ्यगत अध्ययनपछि दीर्घकालीन योजनाको रणनीति तयार गर्न कार्यदल बनाइएको हो । बागमती प्रदेशका पूर्व मन्त्री समेत भएका नेकपा एमाले चितवनका नेता विजय सुवेदीको संयोजकत्वमा १२ सदस्य रहेका कार्यदल बनाइएकोे छ । कार्यदलमा जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सातवटै पलिकाका एमालेका तर्फबाट निर्वाचित प्रमुख÷उपप्रमुख, उद्योग वाणिज्य संघका नेतृत्व, प्राध्यापक, लगायतका व्यक्तिहरु सहभागी छन् ।

चितवनमा एमालेका प्रमुख र उपप्रमुख दुबै जितेको दुईवटा स्थानीय तह छन् । भने एउटामा प्रमुख र २ वटामा उपप्रमुख एमालेका तर्फबाट निर्वाचित छन् । भने, दुईवटा स्थानीय तह भरतपुर र राप्तीमा नेकपा एमालेका तर्फबाट प्रमुख र उपप्रमुख छैनन् । ति दुई तहबाट पनि स्थानीय विषय बुझेका पार्टीका पूर्व जनप्रतिनिधिलाई कार्यदलमा राखिएको छ । कार्यदलको शनिबार बसेको पहिलो बैठकले चितवन मात्रै नभएर नवलपुर समेतलाई जोडेर समृद्ध बनाउने गुरुयोजना निर्माणको लागि पहल गर्ने तयारी गरिएको कार्यदलका संयोजक विजय सुवेदीले जानकारी दिए । जिल्लामा समेत सातवटै स्थानीय तहका स्थानीय आवश्यकता, जनताको माग तथा समृद्धिका सूचकहरुको आँकडासहित तथ्यगत अध्ययन गरि समृद्धिको गुरुयोजना बनाउने छलफल अघि बढाउन बैठकमा छलफल गरिएको थियो । जतिसक्दो चाँडो पालिका स्तरका विकासका सूचकमा समावेश हुने तथ्यगत आँकडा संकलन गरि जिल्लाको समृद्धिको अवस्था विश्लेषण गरेर गुरुयोजना निर्माण कार्य अघि बढाउने निर्णय समेत गरिएको उनले बताए । संयोजक सुवेदीले यो कार्यदलले निर्माण गर्ने सोधपत्र विकासको योजना निर्माणको मार्गदर्शक मात्रै नभएर एमालेले जिल्लाको ऐतिहासिक, राजनीतिक, वातावरणीय, विकास निर्माण, यो समयको मानवीय विकास लगायतका विषयको तथ्यगत अभिलेखीकरण समेत हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
बुढानीलकण्ठ नगरपालिकाले फागुन २ र ३ गते चौथो रोजगारी मेला आयोजना गर्ने

        बुढानीलकण्ठ नगरपालिकाले विगत चार वर्षदेखि निरन्तर आयोजना गर्दै आएको

प्रचण्डले कर्णालीका भूकम्पपीडितलाई झुक्याएको जनार्दनको आरोप

    नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वगृह र अर्थमन्त्री जनार्दन शर्माले आफ्नै

रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

     प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन

बबरमहलमा फुटेको पाइप मर्मत काम सकियो

  काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको