इलाममा यसरी हुँदैछ मतगणनाको तयारी



 

 

 इलाम क्षेत्र २ को मतदान सकिएको छ । मतगणना सकिएसँगै मुचुल्का उठाउने र मत पेटिका सुरक्षित तरिकाले गणना स्थलसम्म लैजाने काम भइरहेको छ । टाढा रहेका मतदान स्थलबाट राति १० बजेसम्ममा गणना स्थल इलाम बजारमा रहेको सिटी हल पुर्‍याउने तयारी भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । मतगणनाका लागि सिटी हल तयार गरिएको छ । सिटी हलको एक कोठामा तार जारी लगाएर गणकमात्र भित्र बस्न मिल्ने बनाइएको छ । यस्तै प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणना स्थलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ ।उनका अनुसार आज राति १० बजेसम्ममा सबैतिरको मतपेटिका गणना स्थल ल्याइसक्ने योजना छ । यस्तै गणना स्थलमा भीडभाड हुन नदिन मतगणनाको परिणाम इलामको चोक बजारमा रहेको डिस्प्लेमा पनि देखाउने तयारी भएको छ । यसका लागि आवश्यक प्राविधिक तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार परिणाम जान्न उत्सुकहरुका लागि सहज होस् भनेर चोक बजारमा रहेको डिस्प्ले बोर्डमा मत परिणाम सार्वजनिक गर्ने तयारी गरिएको हो । मत परिणाम १ घण्टाको फरकमा सार्वजनिक गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
भारतमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

      भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना

इरानद्वारा इजरायलमा हमला, कम्तीमा ८ जनाको मृत्यु

       इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का