इलाममा यसरी हुँदैछ मतगणनाको तयारी



हाम्रो इकोनोमि

 

 

 इलाम क्षेत्र २ को मतदान सकिएको छ । मतगणना सकिएसँगै मुचुल्का उठाउने र मत पेटिका सुरक्षित तरिकाले गणना स्थलसम्म लैजाने काम भइरहेको छ । टाढा रहेका मतदान स्थलबाट राति १० बजेसम्ममा गणना स्थल इलाम बजारमा रहेको सिटी हल पुर्‍याउने तयारी भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । मतगणनाका लागि सिटी हल तयार गरिएको छ । सिटी हलको एक कोठामा तार जारी लगाएर गणकमात्र भित्र बस्न मिल्ने बनाइएको छ । यस्तै प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणना स्थलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ ।उनका अनुसार आज राति १० बजेसम्ममा सबैतिरको मतपेटिका गणना स्थल ल्याइसक्ने योजना छ । यस्तै गणना स्थलमा भीडभाड हुन नदिन मतगणनाको परिणाम इलामको चोक बजारमा रहेको डिस्प्लेमा पनि देखाउने तयारी भएको छ । यसका लागि आवश्यक प्राविधिक तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार परिणाम जान्न उत्सुकहरुका लागि सहज होस् भनेर चोक बजारमा रहेको डिस्प्ले बोर्डमा मत परिणाम सार्वजनिक गर्ने तयारी गरिएको हो । मत परिणाम १ घण्टाको फरकमा सार्वजनिक गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...