आफूलाई सर्वेसर्वा ठान्दा ०७४ को अवसर गुमायौं : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले सीमा नाघेपछि तत्कालिन नेकपा जोगाउन नसकेको बताएका छन् । पार्टीको मकवानपुर जिल्ला अधिवेशन ०७४ मा इतिहासमा कहिलेकहिले मात्रै पाउने अवसर पाउँदा पनि नेतृत्वकै कारणले प्रयास असफल भइको दाबी गरे । २०७४ सालमा हामीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी, झण्डै बहुमत ल्याउने अवस्थामा थियो, एमाले र माओवादीको एकता भइसकेपछि झण्डै दुई तिहाइको बहुमतको अवस्थामा पुग्यो। त्यो अवस्थामा संविधान बदलिन सकिन्थ्यो। कानून जस्तो पनि बनाउन सकिन्थ्यो । राज्यको सबै संरचनामा आमूल परिवर्तन गर्न सकिन्थ्यो । ठूला परिवर्तन गरेर जनतालाई सुखी जीवन उपलब्ध गराउन सकिन्थ्यो । विकासको नयाँ लहर ल्याउन सकिन्थ्यो उनले ओलीलाई लक्षित गर्दै भने, जब नेतृत्वमा अहंकार हावी भयो। नेतृत्वले पार्टीको सिद्धान्त, राज्यको संविधान र आफूलाई सर्वेसर्वा ठान्छ, अहंकारी बन्न पुग्छ विनम्र होइन । अहंकारी जब हुन पुग्छ त्यसपछि सबै सीमा नाध्छ, पार्टीको विधान मान्दैन, बैठक अस्वीकार गर्छ। छलफलाई वास्ता गर्र्दैन । उनले ओलीले पार्टीको विधान, सिद्धान्त र संविधान मिचेकै कारणले अहिलेसम्म सिंगो आन्दोलनले धक्का खाइरहेको बताए । उनले अहिले पनि आफूहरुको काँधमा लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी रहेको सुनाए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...