रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको विवाद मिल्यो



 

 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवाद मिलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमालेसँग काँध मिलाएपछि कता उभिने भन्ने विषयमा दुईबीच विवाद चर्किएको थियो । चौधरी र श्रेष्ठबीचको विवाद मिलाउन प्रधानमन्त्री प्रचण्डदेखि एमाले अध्यक्ष केपी ओलीले पनि पहल गरेका थिए । चौधरी कांग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनको पक्षमा उभिएका थिए भने अध्यक्ष श्रेष्ठ नयाँ गठबन्धनको पक्षमा थिइन्। यो विषयमा चर्किएको विवादले पार्टी विभाजनको तहसम्म पुगेको थियो । चौधरी र श्रेष्ठ श्रीमान श्रीमती पनि हुन् । लामो रस्साकस्सीपछि संरक्षक चौधरीले महासचिव ठाकुरसिङ थारुलाई साक्षी राखेर पार्टी र सरकार दुवै अध्यक्ष श्रेष्ठलाई चलाउने आग्रह गरेको बताएका छन् । उनले रञ्जितासहितको फोटो फेसबुकमा राख्दै लेखेका छन्, महासचिव ठाकुर सिङ थारुलाई साक्षी राखेर पार्टी र सरकार दुवै तिमी चलाउ भन्ने आग्रहका साथ मैले पनि यो फोटो पोष्ट गरें । उनले नाउपाले लुम्बिनी र सुदुरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने समेत बताएका छन् । रेशमले मात्रै होइन, रञ्जिताले पनि कसैले खेलेर रेशम रञ्जितालाई छुटाउन नसक्ने उल्लेख गरेकी छन् । उनले पनि रेशमसँगको फोटो फेसबुकमा राख्दै भनेकी छन् , ‘नागरिक उन्मुक्ति पार्टी जसको हो, उसैको हो । कसैले धेरै खेल्न नखोजे हुन्छ। रेशम–रञ्जितातालाई छुटाएर कसैको केही हुँदैन ।  उनले आफ्नो परिवारप्रति चिन्ता र चांसो राख्नेप्रति आभर व्यक्ति गर्दै कुनै समस्या नभएको बताएकी छन् । अदालतमा मुद्दा चलिरहेका बेला रेशम दम्पत्तिबीच के के विषयमा सहमति भयो भन्ने खुलाइएको छैन । रेशमले अस्थायी युद्धविरामको संकेत गर्दै सुदूरपश्चिम र लुम्बिनीमा सरकारलाई दिएको समर्थन फिर्ता हुने बताएका छन् । अदालतमा रन्जिताले रेशममाथि टीकापुर नरसंहारको मुख्य योजनाकार भएको र उनले सजाफ माफी पाए पनि सामुहिक अपराधबाट मुक्ति नपाउँने र नैतिक चरित्र पुनस्र्थापित नहुने जिकिर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्