रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको विवाद मिल्यो



हाम्रो इकोनोमि

 

 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवाद मिलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमालेसँग काँध मिलाएपछि कता उभिने भन्ने विषयमा दुईबीच विवाद चर्किएको थियो । चौधरी र श्रेष्ठबीचको विवाद मिलाउन प्रधानमन्त्री प्रचण्डदेखि एमाले अध्यक्ष केपी ओलीले पनि पहल गरेका थिए । चौधरी कांग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनको पक्षमा उभिएका थिए भने अध्यक्ष श्रेष्ठ नयाँ गठबन्धनको पक्षमा थिइन्। यो विषयमा चर्किएको विवादले पार्टी विभाजनको तहसम्म पुगेको थियो । चौधरी र श्रेष्ठ श्रीमान श्रीमती पनि हुन् । लामो रस्साकस्सीपछि संरक्षक चौधरीले महासचिव ठाकुरसिङ थारुलाई साक्षी राखेर पार्टी र सरकार दुवै अध्यक्ष श्रेष्ठलाई चलाउने आग्रह गरेको बताएका छन् । उनले रञ्जितासहितको फोटो फेसबुकमा राख्दै लेखेका छन्, महासचिव ठाकुर सिङ थारुलाई साक्षी राखेर पार्टी र सरकार दुवै तिमी चलाउ भन्ने आग्रहका साथ मैले पनि यो फोटो पोष्ट गरें । उनले नाउपाले लुम्बिनी र सुदुरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने समेत बताएका छन् । रेशमले मात्रै होइन, रञ्जिताले पनि कसैले खेलेर रेशम रञ्जितालाई छुटाउन नसक्ने उल्लेख गरेकी छन् । उनले पनि रेशमसँगको फोटो फेसबुकमा राख्दै भनेकी छन् , ‘नागरिक उन्मुक्ति पार्टी जसको हो, उसैको हो । कसैले धेरै खेल्न नखोजे हुन्छ। रेशम–रञ्जितातालाई छुटाएर कसैको केही हुँदैन ।  उनले आफ्नो परिवारप्रति चिन्ता र चांसो राख्नेप्रति आभर व्यक्ति गर्दै कुनै समस्या नभएको बताएकी छन् । अदालतमा मुद्दा चलिरहेका बेला रेशम दम्पत्तिबीच के के विषयमा सहमति भयो भन्ने खुलाइएको छैन । रेशमले अस्थायी युद्धविरामको संकेत गर्दै सुदूरपश्चिम र लुम्बिनीमा सरकारलाई दिएको समर्थन फिर्ता हुने बताएका छन् । अदालतमा रन्जिताले रेशममाथि टीकापुर नरसंहारको मुख्य योजनाकार भएको र उनले सजाफ माफी पाए पनि सामुहिक अपराधबाट मुक्ति नपाउँने र नैतिक चरित्र पुनस्र्थापित नहुने जिकिर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...