इलाम २ मा आज रातीबाटै मतगणना सुरु गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

इलाम क्षेत्र २ मा मतदान सकिएपछि आजै मत पेटिका सङ्कलन गर्ने र आज रातीबाटै मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत घिमिरे बताए । उनका अनुसार २ वटा काउन्टरबाट मत गणना हुने छ । उनले मतगणनाको आवश्यक तयारी भएको बताए । इलाम ७ मा रहेको गौतमबुद्ध सभाहल (सिटी हल) मतगणनाका लागि तयारी अवस्थामा राखिएको हो । मतगणना स्थलमा तारको जाली लगाइएको छ । मतगणना भएसँगै सो स्थानमा कोही पनि पस्न नपाउने गरी व्यवस्था गरिएको छ । मतपेटिका सङ्कलन भएसँगै सर्वदलीय बैठक बसी आज रातीबाटै मत गणना सुरु गर्ने र भोली बेलुका सम्ममा अन्तिम परिणाम घोषणा गर्ने गरिएको आवश्यक व्यवस्था मिलाएको बताए । उनले भने, मत पत्र सानो र थोरै उम्मेदवार भएकाले छिटै मत गणना सम्पन्न हुने छ । हामीले यसको तयारी गरेका छौ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...