इलाम २ मा ५७ प्रतिशत मत खस्यो



 

 

इलाम क्षेत्र २ मा अहिलेसम्म ५७ प्रतिशत मत खसेको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अहिले सम्म ५७ प्रतिसत मत खसेको र मतदान स्थलमा अझै केन्द्र भित्र पसेका मतदाता रहेका छन् । उनले ६६ हजार मत खसेको बताए । सो क्षेत्रमा १ लाख १५ हजार ८८ मतदाता रहेका छन् । उनले ५ बजे सम्ममा मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई मत हाल्न दिने व्यवस्था मिलाइएको छ ।इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खस्ने अनुमान गरिएको भए पनि यो भन्दा कम मत खस्ने अनुमान गरे । उनले भने,अनुमान गरिए भन्दा केही प्रतिशत ढिलो नै हुने भएको छ । मतदान केन्द्रमा अझै केही मतदाता रहेको उनले बताए । इलाम क्षेत्र नम्बर २ मा भएको उप निर्वाचनमा भएको १९ जना उम्मेदवार रहेका छन् । उनीहरू मध्ये १२ जना दलका तर्फबाट उम्मेदवार छन् । बाँकी स्वतन्त्र रूपमा उम्मेदवार छन् । उम्मेदवार मध्ये एमालेका सुहाङ नेम्बाङ र काँग्रेसका डम्बर खड्काबीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सो क्षेत्रमा रास्वपाका मिलन लिम्बु र पहिचान पक्षधरका उम्मेदवार डकेन्द्र सिंह थेगिमको समेत प्रभाव रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्