इलाम २ मा ५७ प्रतिशत मत खस्यो



हाम्रो इकोनोमि

 

 

इलाम क्षेत्र २ मा अहिलेसम्म ५७ प्रतिशत मत खसेको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अहिले सम्म ५७ प्रतिसत मत खसेको र मतदान स्थलमा अझै केन्द्र भित्र पसेका मतदाता रहेका छन् । उनले ६६ हजार मत खसेको बताए । सो क्षेत्रमा १ लाख १५ हजार ८८ मतदाता रहेका छन् । उनले ५ बजे सम्ममा मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई मत हाल्न दिने व्यवस्था मिलाइएको छ ।इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खस्ने अनुमान गरिएको भए पनि यो भन्दा कम मत खस्ने अनुमान गरे । उनले भने,अनुमान गरिए भन्दा केही प्रतिशत ढिलो नै हुने भएको छ । मतदान केन्द्रमा अझै केही मतदाता रहेको उनले बताए । इलाम क्षेत्र नम्बर २ मा भएको उप निर्वाचनमा भएको १९ जना उम्मेदवार रहेका छन् । उनीहरू मध्ये १२ जना दलका तर्फबाट उम्मेदवार छन् । बाँकी स्वतन्त्र रूपमा उम्मेदवार छन् । उम्मेदवार मध्ये एमालेका सुहाङ नेम्बाङ र काँग्रेसका डम्बर खड्काबीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सो क्षेत्रमा रास्वपाका मिलन लिम्बु र पहिचान पक्षधरका उम्मेदवार डकेन्द्र सिंह थेगिमको समेत प्रभाव रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...