यसकारण मलाई गोदावरीमा निषेध गरियो : भीम रावल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता भीम रावलले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निषेध गरेको बताएका छन् । रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूलाई एमाले नेतृत्वले गरेको बैठकलाई गम्भीर रूपमा लिएको बताए ।

उनले भने, ‘म एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को सदस्य हुँ । म त्यहाँ जाने मनस्थितिमै थिए । पार्टी त धेरै मानिसहरूको त्याग र पसिनाबाट बनेको हुन्छ नि । त्यो कुनै कम्पनी वा नीजि हुँदैन । नेतृत्व परिवर्तन हुन्छ । महाधिवेशनमा प्रत्येक व्यक्तिको चुन्ने र चुनिने अधिकार हुन्छ । कसैले टिका लगाइने, कुनै जिल्ला अधिवेशन भयो त्यसका लागि यहीबाट आदेश दिने । एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्परा विपरीत भएको बताए । उनले भने, ‘म बैठकमा जान इच्छुक थिए तर मेरो त परिचयपत्र नै बनेको रहेछ, अनि कोही कोही मान्छेले तर्क गरेको सुनें सबैलाई पठाएको छ हेर्नुपर्छ । को हो भीम रावल छुट्टै पठाउनुपर्ने ? त्यो बेनामी यापबाट महाधिवेशन यति गते हुन्छ भन्ने जानकारी दिँदा केपी ओली जी मेरो ठाउँमा भएको भए जानुहुन्थ्यो । एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्परा विपरीत कसैलाई निषेध गर्ने, र महाधिवेशनमा उम्मेदवार बनेको कारणले प्रतिशोध साध्नेबाहेक केही पनि होइन । त्यसलाई मैले गम्भीर रूपमा लिएको छु । उनले आफूले आफूलाई पार्टीबाट धकेल्ने प्रयास भइरहेको बताए । उनले आफूलाई अहिले नेतृत्वले घुम्तीमा धकेलेको महसुस गरे पनि पार्टी छाडेको घोषणा नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...