सुखी नेपाली, समृद्ध नेपाल नै हाम्रो प्रमुख लक्ष्य : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको आर्थिक विकास र योजनाका लागि सबै दलहरूबीचको धारणा एउटै हुनुपर्नेमा जोड दिएका छ्न् । राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै राजनीतिक दल र निजी क्षेत्रको बीचमा अझ गम्भीर छलफल गरेरमात्रै नीति कार्यक्रम र बजेटलाई अन्तिम रूप दिने कोसिस सरकारले गरिरहेको बताए । आफूहरूको प्रमुख लक्ष्य सुखी नेपाली, समृद्ध नेपाल नै रहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘लगानी सम्मेलन लक्षित गरी अस्तिको क्याविनेटबाट केही ऐन संशोधन गरिएको छ । मलाई लाग्छ त्यसले आज औपचारिक रूप लिनेछ । त्यसैले हाम्रो अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो । त्यसमा विमति हुनुपर्ने कारण छैन । त्यसमा पुग्नको लागि सुशासन र सामाजिक न्यान अनिवार्य शर्त हो । ओली २०७२ असोज २४ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । दोस्रोपटक २०७४ साल फागुन ३ गते सत्ताको बागडोर सम्हाल्दै गर्दा उनले ‘समृद्ध नेपालः सुखी नेपाली’ को मूल नारा अघि सारेका थिए । उनले अहिले पनि त्यसैलाई जोड दिँदै आएका छन् ।

उनले भने, ‘सदनभित्र पनि हामीले विगतमा जस्तो एकचोटी नीति कार्यक्रम प्रस्तुत गर्ने, पर्याप्त छलफल नगरी, संशोधन गर्ने नपाइने जस्तो परम्परालाई तोडेका छौं । त्यही अनुसारको कोसिस भएको हो । हामीले अध्यादेशमार्फत हिजोका ऐनका केही व्यवस्था परिर्वतन र परिमार्जन गरेर बहसलाई अर्थपूर्ण बनाउने सरकारको कोशिस गरिरहेको छ । अहिले हामी जुन परिस्थितिमा जाँदैछौं त्यसका लागि पनि ऐनहरू संशोधन गरे, जबसम्म नीति क्षेत्रहरू विश्वासमा लिन सकिँदैन, देशमा आर्थिक विकासले गति लिन सक्दैन । उनले लगानी सम्मेलनलाई लक्षित गरेर सरकारले सिफारिस गरेको अध्यादेश आज राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास व्यक्त गरे ।

 

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...