कतारलाई हात्ती उपहार दिने तयारीप्रति बालेनको असन्तुष्टि



 

 

नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले असन्तुष्टि व्यक्त गरेका छन् । उनले यस्तो कार्यको वैधतामा समेत प्रश्न उठाएका छन् । फेसबुकमा स्टाटस लेख्दै बालेनले असन्तुष्टि पोखेका हुन् । उनले लेखेका छन्, ‘जनावर बेच्नु वा उपहारमा दिनु वैध हो ? मरुभूमिमा जङ्गली जनावर कसरी बाँच्न सक्छन् ?बालेनले नेपालमा पशुअधिकारलाई जोक बनाइएको टिप्पणी समेत गरेका छन् । कतारी राजा शेख तमिम विन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आएर हिजो फर्केका थिए । उनले नेपालबाट दुईवटा हात्ती लिएर जाने चर्चा चलेको थियो ।यद्यपि, विभिन्न प्रक्रिया पूरा गर्न बाँकी रहेकाले हात्ती लगिसकिएको छैन । सामाजिक सञ्जालमा भने हात्तीलाई गाडीमा लोड गरिएको पुरानो भिडियो भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्