मनमोहनका पालादेखि गाँउमा विकासको लहर आयो : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसका अवसरमा उहाँ नेतृत्व सरकारले गरेको राम्रा कामको स्मरण गर्नुभएको छ । अध्यक्ष ओलीले अधिकारीको २५औं स्मृति दिवसको अवसरमा सामाजिक सञ्जालमा लेख्दै मनमोहनको सरकारमा आफू गृहमन्त्री रहेको र त्यसबेला देशको शान्ति सुरक्षा मजबुद रहेको स्मरण गर्नुभएको हो ।

‘श्रद्धाञ्जली श्रद्धेय मनमोहन !! मनमोहन अधिकारी प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ प्रधानमन्त्री भएको बेला म गृहमन्त्री थिएँ । त्यो सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको थियो, ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रममार्फत गाउँमा विकासको लागि समान रूपमा रकम पठाउन सुरु गरेको थियो । अध्यक्ष ओलीले भन्नुभएको छ, ‘त्यसै बेलादेखि त्यही रकम र जनश्रम परिचालन गरेर गाउँगाउँमा सडक, विद्यालय, पुल, स्वास्थ्यचौकी बन्न थालेका थिए । त्यस कार्यकालमा राज्यको तर्फबाट कसैले पनि ज्यान गुमाउनु परेन । हाम्रा उनै नेता तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको आज २५औं स्मृति दिवस । उहाँप्रति श्रद्धा र सम्मान !! नेकपा एमालेका तत्कालीन अध्यक्ष अधिकारीको नेतृत्वमा एमालेले वि.सं २०५१ मा ९ महिना सरकार चलाएको थियो । अधिकारी नेतृत्वको सरकारले ‘आफ्नो गाउँ आफै बनाउँ’देखि सामाजिक सुरक्षा भत्ता, गाउँगाउँमा सहकारीलगायतका लोकप्रिय कार्यक्रमको सुरुवात गरेको थियो ।

अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन सुरु गरेको थियो । उहाँ नेतृत्वको ९ महिने सरकारले गरेको लोकप्रिय कामको चर्चा अहिले पनि हुने गरेको छ । लोकप्रिय नेता अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयाघात भएपछि उपचारका क्रममा निधन भएको थियो । अधिकारीको आज २५औं स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...