मनमोहन अधिकारी सादगी नेता : वरिष्ठ उपाध्यक्ष पोखरेल



 

 

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकार कम्युनिष्ट आन्दोलनको सादगी र कहिल्यै विवादमा नपरेको नेता भएको बताउनुभएको छ । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार सानेपा ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले नयाँ पुस्ताले उहाँको सादगीबाट पाठ सिक्नु पर्ने बताउनुभयो ।  अधिकारी सधैभरि आफूलाई असल मान्छेको रूपमा सबैले चिनिदिउन् भन्ने मान्यता राख्ने नेता भएको पोखरेलले स्मरण गर्नुभयो । उहाँ सादगीको पर्याय भएको पोखरेलले बताउनुभयो ।

मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका पोखरेलले नेपालको कम्युनिष्ट पार्टी भन्दा पनि जेठा कम्युनिष्टको रूपमा मनमोहन अधिकारीलाई चिनिने बताउनुभयो । अधिकारीले भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध भएर भारतीय स्वतन्त्रता सङ्ग्राममासमेत योगदान गर्नुभएको पोखरेलले स्मरण गर्नुभयो । ‘उहाँलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा पनि हामीले बुझ्नुपर्छ, मनमोहन अधिकारीलाई हामीले सम्झिरहँदा उहाँलाई आन्दोलनको निरन्तरताको रूपमा बुझ्ने गर्दछौँ ।’ पोखरेलले भन्नुभयो । मनमोहनले नेपाललाई बलियो राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्ने गर्नुभएको उहाँले स्मरण गर्नुभयो । नेपालको भूराजनीतिक संवेदनशीलतामा उहाँ अत्यन्त गम्भीर रहनेगरेको पनि पोखरेलले स्मरण गर्नुभयो । अधिकारीले देखाउनु भएको बाटोमा अघि बढ्नु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । मनमोहन अधिकारीको कृषि र सामाजिक सुरक्षाको क्षेत्रमा विशेष लगाव रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले स्मरण गर्नुभयो । त्यसैको स्मरणमा मनमोहन स्मृति प्रतिष्ठानले ती क्षेत्रमा काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।अधिकारीले सुरु गर्नुभएको सामाजिक सुरक्षा भत्ताको कार्यक्रम दक्षिण एसियाकै नयाँ र नमुना कार्यक्रम भएको उहाँले बताउनुभयो । मनमोहन अधिकारी जुन विचार बोकेर अघि बढ्नु भएको थियो त्यो विचारलाई मनमोहन स्मृति प्रतिष्ठानले निरन्तर बोकेर हिँड्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्