मनमोहन अधिकारी सादगी नेता : वरिष्ठ उपाध्यक्ष पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकार कम्युनिष्ट आन्दोलनको सादगी र कहिल्यै विवादमा नपरेको नेता भएको बताउनुभएको छ । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार सानेपा ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले नयाँ पुस्ताले उहाँको सादगीबाट पाठ सिक्नु पर्ने बताउनुभयो ।  अधिकारी सधैभरि आफूलाई असल मान्छेको रूपमा सबैले चिनिदिउन् भन्ने मान्यता राख्ने नेता भएको पोखरेलले स्मरण गर्नुभयो । उहाँ सादगीको पर्याय भएको पोखरेलले बताउनुभयो ।

मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका पोखरेलले नेपालको कम्युनिष्ट पार्टी भन्दा पनि जेठा कम्युनिष्टको रूपमा मनमोहन अधिकारीलाई चिनिने बताउनुभयो । अधिकारीले भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध भएर भारतीय स्वतन्त्रता सङ्ग्राममासमेत योगदान गर्नुभएको पोखरेलले स्मरण गर्नुभयो । ‘उहाँलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा पनि हामीले बुझ्नुपर्छ, मनमोहन अधिकारीलाई हामीले सम्झिरहँदा उहाँलाई आन्दोलनको निरन्तरताको रूपमा बुझ्ने गर्दछौँ ।’ पोखरेलले भन्नुभयो । मनमोहनले नेपाललाई बलियो राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्ने गर्नुभएको उहाँले स्मरण गर्नुभयो । नेपालको भूराजनीतिक संवेदनशीलतामा उहाँ अत्यन्त गम्भीर रहनेगरेको पनि पोखरेलले स्मरण गर्नुभयो । अधिकारीले देखाउनु भएको बाटोमा अघि बढ्नु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । मनमोहन अधिकारीको कृषि र सामाजिक सुरक्षाको क्षेत्रमा विशेष लगाव रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले स्मरण गर्नुभयो । त्यसैको स्मरणमा मनमोहन स्मृति प्रतिष्ठानले ती क्षेत्रमा काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।अधिकारीले सुरु गर्नुभएको सामाजिक सुरक्षा भत्ताको कार्यक्रम दक्षिण एसियाकै नयाँ र नमुना कार्यक्रम भएको उहाँले बताउनुभयो । मनमोहन अधिकारी जुन विचार बोकेर अघि बढ्नु भएको थियो त्यो विचारलाई मनमोहन स्मृति प्रतिष्ठानले निरन्तर बोकेर हिँड्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...