एमालेले गर्‍यो इलाममा अन्तिम चुनावी सभा



हाम्रो इकोनोमि

 

 

 वैशाख १५ को उपचुनावको संघारमा नेकपा एमालेले इलामको चुलाचुलीमा अन्तिम सभा गरेको छ । आज मध्यरातबाट मौन अवधि सुरु हुने भएकाले अध्यक्ष केपी शर्मा ओली आफैँ इलाम पुगेर चुनावी सभालाई सम्बोधन गरेका हुन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सुहाङको जित सुनिश्चित देखेको बताए । कार्यक्रममा नेम्वाङको पक्षमा माहौल बनाउन ओली, माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललगायतका नेता इलाम पुगेका छन् । उम्मेदवार नेम्वाङले गल्ती कमजोरीहरूलाई केलाउँदै इलामको विकासका लागि अगाडि बढ्नु पर्ने बढ्ने प्रतिबद्धता जनाए। उनले भने, बुबाले देखाउनुभएको उज्यालोको बाटोलाई समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

यस्तै माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल वामपन्थीहरूको एकतालाई नयाँ शिराबाट उठाउन सुहाङलाई इलामबाट जिताउनु पर्ने बताए। उनले भने, ‘हामी इतिहासबाट पाठ सिकेर फेरि एक भएर आएका छौं । वामपन्थीको हाम्रो एकताको सन्देश दिन सुहाङ्गलाई जिताउनु पर्छ । इलामको निर्वाचनलाई दलहरूले प्रतिष्ठा बनाएर सबै दलका शीर्ष नेताहरू धाइरहेका छन्। इलाममा सुहाङसँग कांग्रेसका डम्बर खड्का, रास्वपाबाट मिलन मिम्बू, पहिचानवादीहरूको तर्फबाट डकेन्द्र थेगिमबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...