बुबाले देखाउनुभएकाे बाटाेबाट विचल्लित हुन्नँ : सुहाङ



 

 

इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले गल्ति कमजोरीहरुलाई केलाउँदै इलामको विकासका लागि अगाडि बढ्नु पर्ने बताएका छन् । उनले वाम गठबन्धन सरकारले गर्न थालेका कामले पूर्णता दिलाउन सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नु पर्ने बताए । इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले सुवासले देखाउनु भएको बाटोबाट आफू कतै विचलित नहुने बताए । उनले भने, ‘उहाँले देखाउनुभएको उज्यालोको बाटोलाई समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । इलाममा उनले चुनावी एकता मात्र नभएर कम्युनिष्ट पार्टीको एकताको सुरुवात भएको बताए । उनले नेपाली समाज इन्द्रेणी जस्तै रंगीन भएको बताउँदै सुहाङले जातीय पहिचानको नाममा कसैलाई पनि उच्छृंखल भएर प्रस्तुत नहुन आग्रह गरे । सुख, दुःख, विकास सबै कुरा कुनै एउटा जातलाई मात्र नहुने बताउँदै उनले जातीय विभेदको अफवाह र भ्रम नफैल्याउन र त्यस्ता भ्रममा नपर्न उनले सबैलाई अनुरोध गरे । उनले एकले अर्कालाई गाली गरेर होइन हाँसेर जनताको बीचमा जानु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
भारतमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

      भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना

इरानद्वारा इजरायलमा हमला, कम्तीमा ८ जनाको मृत्यु

       इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का