बुबाले देखाउनुभएकाे बाटाेबाट विचल्लित हुन्नँ : सुहाङ



हाम्रो इकोनोमि

 

 

इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले गल्ति कमजोरीहरुलाई केलाउँदै इलामको विकासका लागि अगाडि बढ्नु पर्ने बताएका छन् । उनले वाम गठबन्धन सरकारले गर्न थालेका कामले पूर्णता दिलाउन सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नु पर्ने बताए । इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले सुवासले देखाउनु भएको बाटोबाट आफू कतै विचलित नहुने बताए । उनले भने, ‘उहाँले देखाउनुभएको उज्यालोको बाटोलाई समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । इलाममा उनले चुनावी एकता मात्र नभएर कम्युनिष्ट पार्टीको एकताको सुरुवात भएको बताए । उनले नेपाली समाज इन्द्रेणी जस्तै रंगीन भएको बताउँदै सुहाङले जातीय पहिचानको नाममा कसैलाई पनि उच्छृंखल भएर प्रस्तुत नहुन आग्रह गरे । सुख, दुःख, विकास सबै कुरा कुनै एउटा जातलाई मात्र नहुने बताउँदै उनले जातीय विभेदको अफवाह र भ्रम नफैल्याउन र त्यस्ता भ्रममा नपर्न उनले सबैलाई अनुरोध गरे । उनले एकले अर्कालाई गाली गरेर होइन हाँसेर जनताको बीचमा जानु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...