सच्चा कांग्रेसले घण्टीमा भोट हाल्नुपर्छ : स्वर्णिम वाग्ले



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेस अहिले विकृत, भ्रष्ट, निकम्मा समूहको कब्जामा रहेको आरोप लगाएका छन् । इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ८० प्रतिशत भन्दा बढी कांग्रेस गुटले कब्जा गरेको बताए । उनले भने, ‘नेपाली कांग्रेसका धेरै सांसदहरू यहाँ हुनुहुन्छ, थोरबहुत परिचय हाम्रो पुरानै हो । म पनि बिपी कोइरालाको अनुयायी हुँ । आजका दिनमा पनि मेरा राजनीतिको रोल मोडल उहाँ नै हुनुहुन्छ । तर, के बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नेपाली कांग्रेस छ आज यहाँ ? कांग्रेसभित्र आज एउटा प्रवृत्ति छ त्यसले पार्टीमा हालीमुहाली चलाएको छ । ८० प्रतिशत जति त्यो गुटले कब्जा गरेको छ, त्यसैले त्यो विकृत, भ्रष्ट, निकम्मा समूहको प्रतिनिधि पनि यहाँ उम्मेदवार बनाइएको छ । टिकट किन्नेहरूलाई जवाफ दिनको लागि सच्चा कांग्रेसले घण्टीमा भोट हाल्नुपर्ने बताए । उनले थपे, ‘त्यसैले कांग्रेसको साँच्चै माया गर्ने, बिपीको आदर्शबाट प्रभावित भएर कांग्रेसमा लाग्नुभएको, लोकतान्त्रिक आन्दोलनको संघर्षबाट आउनुभएको भेषराज आचार्यजस्तो मान्छेले टिकट नपाउने कांग्रेसमा के सन्देश दिनुपर्छ ? आफ्नै पार्टी सुधार्नको लागि पनि घण्टीमा भोट हाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...