सच्चा कांग्रेसले घण्टीमा भोट हाल्नुपर्छ : स्वर्णिम वाग्ले



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेस अहिले विकृत, भ्रष्ट, निकम्मा समूहको कब्जामा रहेको आरोप लगाएका छन् । इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ८० प्रतिशत भन्दा बढी कांग्रेस गुटले कब्जा गरेको बताए । उनले भने, ‘नेपाली कांग्रेसका धेरै सांसदहरू यहाँ हुनुहुन्छ, थोरबहुत परिचय हाम्रो पुरानै हो । म पनि बिपी कोइरालाको अनुयायी हुँ । आजका दिनमा पनि मेरा राजनीतिको रोल मोडल उहाँ नै हुनुहुन्छ । तर, के बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नेपाली कांग्रेस छ आज यहाँ ? कांग्रेसभित्र आज एउटा प्रवृत्ति छ त्यसले पार्टीमा हालीमुहाली चलाएको छ । ८० प्रतिशत जति त्यो गुटले कब्जा गरेको छ, त्यसैले त्यो विकृत, भ्रष्ट, निकम्मा समूहको प्रतिनिधि पनि यहाँ उम्मेदवार बनाइएको छ । टिकट किन्नेहरूलाई जवाफ दिनको लागि सच्चा कांग्रेसले घण्टीमा भोट हाल्नुपर्ने बताए । उनले थपे, ‘त्यसैले कांग्रेसको साँच्चै माया गर्ने, बिपीको आदर्शबाट प्रभावित भएर कांग्रेसमा लाग्नुभएको, लोकतान्त्रिक आन्दोलनको संघर्षबाट आउनुभएको भेषराज आचार्यजस्तो मान्छेले टिकट नपाउने कांग्रेसमा के सन्देश दिनुपर्छ ? आफ्नै पार्टी सुधार्नको लागि पनि घण्टीमा भोट हाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...