बंगलादेशबाट सीधै काठमाडौं ओर्लिँदै कतारी राजा



हाम्रो इकोनोमि

 

 

 कतारी राजा अर्थात् आमिर शेख थामिम बिन हमाद अल थानीले आज बंगलादेशको भ्रमण सकाउने भएका छन् । सोमबार साँझ स्थानीय समयअनुसार ५ बजे बंगलादेश ओर्लिएका राजा थानी राजकीय भ्रमणको लागि त्यहाँ पुगेका हुन् । बंगलादेशी राष्ट्रपति मोहमद शाहबुद्धिनले हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । बंगलादेशले राजा थानीलाई २१ तोपको सलामी दिएर सम्मान गरेको छ । उनलाई बंगलादेश वायु सेनाका ४ युद्ध जहाजले हवाई स्कर्टिङ गरेको कतारी दैनिक गल्फ टाइम्सले लेखेको छ । बंगलादेशको अखबार डेली स्टारका अनुसार सन २००५ पछि कतारी राजाको यो पहिलो बंगलादेशको राजकीय भ्रमण हो ।

सन् २००५ मा तत्कालीन कतारी आमिर शेख हमाद बिन खालिफा अल थानी बंगलादेश आएका थिए । बंगलादेशले कतारी राजासँग विमल्व भुक्तानीमा कतारी ग्यास आयात गर्न तथा बंगलादेशको इन्धन सुरक्षामा सहयोग गर्न माग गरेको डेली स्टारले लेखेको छ । नेपालजस्तै बंगलादेश पनि कतारका आप्रवासी कामदार धेरै पठाउने देश हो । कतारमा बंगलादेशका ४ लाख कामदार छन् भने दुई देशको व्यापारिक आयातन ३ अर्ब ६० करोड डलर भएको बताइएको छ । बंगलादेशको राजकीय भ्रमण सकेर कतारी आमिर नेपाल आजै आउनेछन् । नेपाली समयअनुसार साढे पाँच बजे उनी आउने कार्यकतालिका सार्वजनिक भएको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...