हौसिएर एमालेसँग एकता गर्ने पक्षमा छैनौँ : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरू पहिलेजस्तो अहिले हौसिएर कम्युनिष्ट एकताको पक्षमा नरहेको बताएका छन् । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै कम्युनिष्टहरु एकताबद्ध भए देशको निर्णायक शक्ति बन्ने बताए । उनले भने, ‘कम्युनिष्टहरुले जति बेला एकता र सहमतिको बाटोमा हिँडेको थियौँ देशभर उल्लास, उत्साह र उमंग उत्सवको वातावरण बनेर दुई तिहाइ नजिक पुगेका थियौँ। विभाजित भएपछिको तिता अनुभव हामीले गरिसकेका छौँ । पहिलाको जस्तो हौसिएर कम्युनिष्ट एकताको पक्षमा छैनौँ । हामीले त्यो बेलामा समय भन्दा अगाडि दौडिएछ भन्ने हेक्का राख्नुपर्छ । अहिले सहकार्य थालेका छौँ । राम्रो सहकार्य गरौँ यसबाट देश र जनतालाई राम्रो सेवा हुँदै गयो भयो राजनीतिक दलहरुबीच एकताको आधार तय हुन्छ । कम्युनिष्टहरुबीच सहकार्यबाट नै समाजवादको बाटोमा देशलाई लैजाने सम्भावना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...