७४ को वाम एकतालाई बचाउन सकेनौं : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः वाम एकता हुन सक्ने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरूलाई एकतावद्ध गर्नु नै देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता रहेको मनन गरेर ०७४ सालमा वाम एकता गरेको स्मरण गरे । वाम एकतालाई आम जनताबाट अनुमोदन भएको भन्दै सही कामको निम्ति प्रयास जारी राख्ने प्रचण्डको भनाइ थियो । राष्ट्रिय स्वाधीनता, सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको प्रधानमन्त्रीले बताए । राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधीनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिष्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो भएको भन्दै सबैले साथ र सहयोग गर्नुपर्ने उनले बताए । प्रधानमन्त्रीले भने, ‘सायद नरबहादुर कर्मचार्य जस्ता पुराना पिढीका निष्ठावान नेताकै कारण हामीले पनि कम्युनिष्टहरुलाई एकतावद्ध गर्नु नै अबको देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता छ भन्ने चेतना प्राप्त भयो । त्यही चेतनाको बलमा हामीले प्रयोग पनि गरेकै हो । ०७४ को चुनावमा जे प्रयोग हामीले गर्‍यौँ । त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ । तर, एक पटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर प्रयास गरी नै राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...