धाकधम्की सहन जन्मेका होइनौं : माधव



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डकै सामुन्ने गठबन्धन फेरिरहने उनको प्रवृतिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेकपा स्थापना दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा नेपालले अहिलेको गठबन्धन पनि कहिलेसम्म रहने भन्ने टुंगो नभएको बताए । नेपालले भने, ‘परिस्थिति जटिल छ । गठबन्धन कहिले ओल्टो कहिले पोल्टो भइरहेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन । हामीले सहज मानिरहेका छैनौं । सहज अवस्था अनुभूत गरिरहेका छैनौं, हामी कसैको धाक धम्की गालीगलौज सहनका लागि जन्मेका होइनौं । दास बन्ने नियतले राजनीतिमा आएका पनि होइनौं । अध्यक्ष नेपालले आफूहरूमाथि अपमान भइरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...